गृहपृष्ठ त्रिभुवन विमानस्थलको धावनमार्ग पुनर्निर्माण सुरु, रातिका उडान बन्द
त्रिभुवन विमानस्थलको धावनमार्ग पुनर्निर्माण सुरु, रातिका उडान बन्द
देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गको पुनर्निर्माण सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढाले बुधबार पुनर्निर्माणको कामको शुभारम्भ गरेका हुन् ।
विमानस्थलको धावनमार्ग र ट्याक्सी मार्गको पुनर्निर्माण हुन लागेको हो । ‘चाईना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशन’ले १८ महिना भित्र सम्पन्न गर्ने गरि निर्माण कार्यको जिम्मेवारी लिएको हो ।
यसैबीच राति १० बजेदेखि बिहान ८ बजेसम्मका सम्पूर्ण उडान बन्द गरिने भएको छ । धावनमार्ग पुनर्निर्माणको काम भने रातिसमेत गरिने भएकाले रातको समयका सबै उडान बन्द गर्न लागिएको हो ।
कार्यक्रममा बोल्दै राज्यमन्त्री बुढाले नेपालको हवाई सेवालाई अझै सुरक्षित र व्यवस्थित बनाउन पनि विमानस्थलको धावन मार्ग र ट्याक्सी मार्ग स्तरोन्नतिको कामलाई सुरु गरिएको बताए । उनले सन् २०२० मा आयोजना हुने ‘नेपाल भ्रमण वर्ष’लाई सफल बनाउन पनि सरकारले विमानस्थलको धावन मार्ग पुनर्निर्माणको कामलाई प्राथमिकता दिएको जानकारी दिए ।
प्रकाशित समय १६:३६ बजे

















