गृहपृष्ठ जनता बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा विशेष सुविधा

जनता बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा विशेष सुविधा

Janata-Hams-newskarobar

जनता बैंक नेपाल र धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालबीच स्वास्थ्य उपचार सेवासम्बन्धी विशेष सम्झौता भएको छ । सम्झौता पत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी र बैंकको ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुवेदीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र परिवारका सदस्यले अस्पतालबाट विशेष छुट प्राप्त गर्नेछन् । उक्त सुविधा प्राप्तिका लागि अस्पतालको बिल भुक्तानीका क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेस गरी छुट सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित समय ०६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु