गृहपृष्ठ कतिपय बानी परिवर्तन गरौँ, केही नयाँ सुरु गरौँ
कतिपय बानी परिवर्तन गरौँ, केही नयाँ सुरु गरौँ
दैनिक ध्यान अवश्य गरौँ । थोरै समयको ध्यानले हामीलाई नयाँ ऊर्जा दिन्छ । आफैँलाई आफैँले भेटाउने मौका पाउँछौँ ।
आफ्नै परिवारसँग सँगै बसेर केही छलफल गरौँ । दैनिक कम्ती आधा धण्टा सबै परिवार सँगै बस्ने नियम बनाऊँ । सबैले विचार गरौँ यो समय परिवारका लागि मात्र हो ।
अलिकति समय आफ्नै लागि निकालेर कुनै मन्दिर वा प्राकृतिक स्थानमा बसौँ । यसले आफैँलाई सकारात्मक ऊर्जा दिनेछ । आफ्नै विश्लेषण गर्न यो अत्यन्त उपयोगी रहला ।
आफ्नो सौखलाई सदैव जीवन्त राखौँ । संगीत सुन्ने, किताब पढ्ने, अथवा खेल्ने आफ्नो रचनात्मक सौखका लागि पनि समय निकालौँ । दैनिक सम्भव नभए सातामा एकपटक अवश्य समय मिलाऊँ ।
प्रकाशित समय ०६:४९ बजे

















