गृहपृष्ठ गर्मी बढेपछि बाराका सम्पूर्ण विद्यालय ६ दिनका लागि बन्द
गर्मी बढेपछि बाराका सम्पूर्ण विद्यालय ६ दिनका लागि बन्द
अत्यधिक गर्मी बढेपछि बाराका सम्पूर्ण विद्यालय आजदेखि बन्द गरिएको छ । गर्मी खप्नै नसक्ने स्थिति आएपछि जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयको शनिबार बसेको बैठकले असार १ गतेदेखि शुक्रबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
विद्यार्थीमा गर्मीको प्रत्यक्ष असर देखिन थालेपछि निजी तथा सार्वजनिक सबै विद्यालय बन्द गर्ने निर्णय भएको जिल्ला शिक्षा विकासले जनाएको छ ।
प्रकाशित समय ०६:३८ बजे

















