गृहपृष्ठ उदयपुर अस्पतालको हालत बेहाल, युवाले थाले सुधारको पहल

उदयपुर अस्पतालको हालत बेहाल, युवाले थाले सुधारको पहल

udayapur hospital

जिल्ला अस्पताल उदयपुरको अवस्था नाजुक भएको भन्दै खेलकुदमा सक्रिय युवाले अस्पतालको निरीक्षण गरेका छन् । जिल्ला फुटबल संघको अगुवाइमा अस्पताल निरीक्षण गरिएको हो ।

अस्पताल निरीक्षणपछि युवाहरूले अस्पतालको अवस्था सुधार गर्न सबै सरोकारवालालाई ध्यानाकर्षण गराएका छन् । अस्पतालको समस्या छिट्टै समाधानका लागि अस्पताल विकास समितिका अध्यक्ष जिल्ला समन्वय समिति प्रमुख खड्ग परियार तथा नगर प्रमुख बलदेव चौधरीको ध्यानाकर्षण गराइएको छ ।

udayapur hospital

साथै अस्पताल व्यवस्थापन प्रमुखलाई न्यूनतम सरसफाइ, अन्धकारमय अस्पतालको बत्ती मर्मत र अनावश्यक झाडी फडानी गर्न निर्देशन दिइएको नेकपाका नेता तथा एन्फा प्रवक्ता किरण राईले बताए । साथै सरकारबाट निःशुल्क उपलब्ध हुने ७० प्रकारको औषधिमध्ये ३० प्रकारको औषधि मात्र उपलब्ध भएको पनि फेला परेको छ ।

सबै समस्या एक साताभित्र सुधार गर्ने प्रतिबद्धता व्यक्त भएको र तोकिएको समयमा सुधारका लक्षण नदेखिए नागरिक सरोकारवालाको हैसियतले समाजिक अभियान थलिने नेता राईले बताएका छन् ।

उनका अनुसार उदयपुर अस्पतालमा एमडी तहका २ जना डाक्टरका दरबन्दी रहेकोमा प्रायः अस्पतालमा विशेषज्ञ डाक्टर नै भेटिँदैनन । अधिकांश बिमारीलाई उपचारका लागि बाहिर रेफर गर्ने गरिएको उनले बताए ।

“अब हामी अस्पतालका सुधार नगरी बिश्राम लिँदैनाैं,” राईले भने ।

प्रकाशित समय १६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु