गृहपृष्ठ बालविकास केन्द्रमा अंग्रेजी शिक्षण !
बालविकास केन्द्रमा अंग्रेजी शिक्षण !
सांकेतिक तस्बिर ।
अंग्रेजी विषयमा कमजोर भएको भन्दै डोल्पाको मुड्केचुला गाउँपालिकाले बालविकास केन्द्रमा लगानी गरेको छ ।
गाउँपालिकाभित्रका १३ र समुदायबाट सञ्चालित एक बालविकास केन्द्रलाई अंग्रेजी माध्यमबाट पढाउन पहल सुरु गरिएको हो ।
गाउँपालिकाले संघीय सरकारबाट दिँदै आएको रकमभन्दा केही रकम आफैँले उपलब्ध गराएर यहाँका बालविकास केन्द्रमा बालविकास कक्षामा सो माध्यमको पढाइ सुरु गर्न लागेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।
गाउँपालिकाले केन्द्रलाई सो माध्यमबाट पढाइ सुरु गर्न रंगीन पुस्तक छापेर ल्याएको शिक्षा शाखाका दलबहादुर बस्नेतले जानकारी दिए । सो पुस्तकमा अध्यापन गर्दा समस्या पर्नबाट जोगिन सबै केन्द्रमा पढाउन शिक्षकलाई सातदिने तालिमसमेत दिइएको छ ।
यसरी आफैँले पाठ्यपुस्तक तयार गरेर सो माध्यमबाट पढाइ सुरु गर्ने डोल्पाको पहिलो स्थानीय तहमा मुड्केचुला पर्दछ । माध्यमिक शिक्षा परीक्षामा सहभागी विद्यार्थीलाई बिदाको समयमा थप शिक्षण गर्नका लागि गाउँपालिकाले बजेट छुट्याएर अध्यापन गर्दै आएको छ ।
प्रकाशित समय ०८:२७ बजे
















