गृहपृष्ठ ललितपुरका ५० हजार बालबालिकालाई दादुरा-रुवेलाको खोप लगाइँदै
ललितपुरका ५० हजार बालबालिकालाई दादुरा-रुवेलाको खोप लगाइँदै
यहाँका ५० हजार भन्दा वढी बालबालिकालाई दादुरा-रुवेलाको खोप लगाइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले वाग्मती गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा खोप अभियानको सुरुवात गर्दै जिल्लाभरका नौ महिनादेखि पाँच वर्ष उमेरसमूहका ती संख्याका बालबालिकालाई खोप लगाउन लागेको जानकारी दिए ।
उनले भने, ‘नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरा-रुवेला रोग निवारण गर्ने अभियान लिइसकेको छ । मुलुकमा सन् २००४ देखि सुरु भएको यस अभियान सन् २०२० सम्म आइपुग्दा पाँचौँ कार्यक्रम हो ।’
अभियान दक्षिण ललितपुरका तीनवटै गाउँपालिकामा एकैसाथ सुरु गरिएको छ । वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले यी दुवै खोपबाट कोही पनि बालबालिका बञ्चित नहुन् भनी महिला स्वास्थ्य स्वयंसेविकालाई यसतर्फ ध्यान पु¥याउन अनुरोध गरे ।
उनले भने, ‘मुलुकमा बढ्दै गएको कोरोनाको संंक्रमणबाट आफू र बालबालिकालाई जोगाउन हरेक परिवारमा अर्को जिम्मेवारी थपिएको छ ।’ गाउँपालिकाका उपाध्यक्ष रञ्जना घिमिरेले प्रत्येक घरघरमा गएर हरेक बालबालिकालाई नछुटाई खोप लगाउन स्वास्थ्यकर्मीलाई सुझाव दिए । (रासस)
प्रकाशित समय ०८:४५ बजे

















