गृहपृष्ठ त्रिविका सबै परीक्षा र पठन-पाठन स्थगित

त्रिविका सबै परीक्षा र पठन-पाठन स्थगित

त्रिभुवन विश्वविद्यालयले अर्को सूचना नभएसम्मका लागि यसअघि तय भइसकेका परीक्षा र पठन-पाठन स्थगित गरेको छ । बिहीबार बसेको कार्यकारी परिषदको बैठकले सो निर्णय गरेको त्रिविद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले बिहीबारदेखि हुने एसईई परीक्षा पनि स्थगित गरिसकेको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना संक्रमणको जोखिम हुने भन्दै एक ठाउँमा २५ जनाभन्दा बढी मानिस भेला नहुन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

त्रिविद्वारा जारी सूचना :

प्रकाशित समय १४:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु