गृहपृष्ठ मेल्लेगमा हेल्थ डेस्क स्थापना
मेल्लेगमा हेल्थ डेस्क स्थापना
श्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि डोटीको सायल गाउँपालिका–६ मेल्लेगमा हेल्थ डेस्क स्थापना गरिएको छ । सायल गाउँपालिका उपाध्यक्ष विष्णा सिंहले हेल्थ डेस्कको शुभारम्भ गरेकी हुन् ।
सायल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिवराज जोशीका अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि गाउँपालिकाभित्र प्रवेश गर्नुपूर्व स्वास्थ्यकर्मीहरुद्वारा कोरोनाको परीक्षण गरिने छ ।
सायल गाउँपालिकाका बिभिन्न वडाहरुमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि हेल्प डेस्कसमेत स्थापना हुने भएका छन् । कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि सायल गाउँपालिकाले यस अघि नै ३० लाख बराबरको उपचार तथा राहत कोष स्थापना गरिसकेको छ ।
प्रकाशित समय ०८:०० बजे

















