गृहपृष्ठ धनगढीमा ‘थ्रोट स्वाब’ परीक्षण सुरू
धनगढीमा ‘थ्रोट स्वाब’ परीक्षण सुरू
सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट बिहीबारदेखि कोरोना भाइरस (कोभिड-१९)कोे परीक्षण सुरु भएको छ ।
परीक्षण गर्ने उपकरण जडान गरिएपछि आजबाट नमूना (थ्रोट स्वाब) परीक्षण गर्न सुरु भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए ।
उनका अनुसार उक्त अब स्वाब परीक्षण गरिएका व्यक्तिमा संक्रमण भए/नभएको दुईदेखि तीन घण्टाभित्र पुष्टि हुनेछ । मलिक्युलर डाइग्नोसिस विज्ञ सुनिलप्रसाद लेखक र धनगढीमा रहेका प्राविधिक सहितकाे टोलीले स्वाब परीक्षण गर्ने उपकरण जडान गरेकाे हाे ।
प्रकाशित समय १९:०३ बजे
















