गृहपृष्ठ त्रिनगर नाकाबाट सुर्खेत भित्रिएका ४० जना छैनन् क्वारेन्टाइनमा
त्रिनगर नाकाबाट सुर्खेत भित्रिएका ४० जना छैनन् क्वारेन्टाइनमा
सोही दिन नेपाल भित्रिएका कैलालीका १ युवक संक्रमित
त्रिनगर नाका आइपुगेका नेपालीहरू । (फाइल तस्बिर)
नेपाल प्रवेश गर्न पाउनुपर्ने माग राखेर कैलालीको त्रिनगर नाकापारि भारतीय भूमि गाैरीफन्टामा नाराबाजी गर्ने हजाराैंको भीडमा सुर्खेतका पनि थिए । मन्त्रिपरिषदको निर्णयपछि गत चैत ११ गते ९ सय ९९ जनालाई नेपाल प्रवेश गराइएको थियो ।
नेपाल प्रवेश गराइएकामध्ये सुर्खेतका ४० जना रहेको जिल्लास्थित सरकारी निकायहरूले तथ्यांक निकालेकाे छ । तर उनीहरू हालसम्म पनि क्वारेन्टाइनमा बसेका छैनन् ।
त्रिनगर नाका हुँदै नेपाल भित्रिएकाहरूमा वीरेन्द्रनगर नगरपालिकाका ८, लेकवेशी नगरपालिकाका १५, चौकुने गाउँपालिकाका १० जना, गुर्भाकोट नगरपालिकाका ५ र सिम्ता गाउँपालिकाका २ जना रहेका छन् ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधी वाग्लेले उनीहरूको खोजी भइरहेकाे बताए । सोही दिन नेपाल भित्रिएकामध्ये कैलालीकाे लम्कीचुहा नगरपालिकाका २१ वर्षीय एक युवकमा काेराेना भाइरस संक्रमण पुष्टि भइसकेकाे छ ।
त्रिनगर नाका (गाैरीफन्टा)बाट आएका सुर्खेतका ४० जनाकाे नामवली :

प्रकाशित समय १२:०६ बजे

















