गृहपृष्ठ पर्सा र सप्तरीका दुईवटा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय

पर्सा र सप्तरीका दुईवटा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय

province-2_newskarobar

प्रदेश २ सरकारले पर्सा र सप्तरीका दुईवटा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको शुक्रबार बसेको बैठकले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा रहेको भारदह अस्पताल र वीरगन्जको पोखरिया अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

दुवै अस्पताल १५ शय्याका हुन् । विपतको समयमै भए पनि प्रदेश सरकारले निकै राम्रो निर्णय गरेको हनुमाननगर कंकालिनी नगरपालिका प्रमुख शैलेशकुमार शाहले बताए । ‘विश्व परिस्थितिले देखाइरहेको छ, राज्यले सबैभन्दा बढी लगानी स्वास्थ्य क्षेत्रमा नै गर्नुपर्ने रहेछ,’ उनले भने, ‘सरकारले विपतकै समयमा भए पनि राम्रो निर्णय लिएको छ ।’ प्रिफेबबाट बनाइने भएकाले केही दिनभित्रै बनाइसक्ने प्रदेश सरकारको तयारी छ ।

प्रकाशित समय १४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु