गृहपृष्ठ २७ दिनको अस्पताल बसाईपछि घर फर्किन् दोस्रो कोरोना संक्रमित युवती
२७ दिनको अस्पताल बसाईपछि घर फर्किन् दोस्रो कोरोना संक्रमित युवती
टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचारका लागि भर्ना भएकी नेपालको दोस्रो काेराेना संक्रमित युवतीलाई डिस्चार्ज भएकी छन् ।
कोरोना संक्रमित युवती प्रसिद्धि श्रेष्ठलाई शनिबार अस्पतालले डिस्चार्ज गरेको हो । उनी पूर्ण रुपमा स्वस्थ भइसकेकाे अस्पतालले जनाएकाे छ । उनी कोरोना संक्रमण पुष्टि भएपछि चैत १० गतेदेखि उपचाररत थिइन् ।
१९ वर्षीया श्रेष्ठ गत चैत ४ मा फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् । रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसअघि चीनबाट आएका एक युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनी पनि उपचारपछि घर फर्किसकेका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित ३० जनामध्ये २ जना निको भएर घर फर्किएका छन् ।
प्रकाशित समय १४:०१ बजे

















