गृहपृष्ठ उदयपुरको मस्जिदमा बसेका थप १ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ३१ पुग्यो

उदयपुरको मस्जिदमा बसेका थप १ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ३१ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । थप एक जना ६५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

शनिबार १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको छ । पछिल्लो संक्रमित व्यक्ति उदयपुरको त्रियुगा नगरपालिका, भुल्केस्थित  मस्जिदमा बसेका भारतीय भएको बताइएको छ ।

गत शुक्रबार सोही मस्जिदमा रहेका ११ जना भारतीय र एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा हालसम्म ३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित समय २०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु