गृहपृष्ठ सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमितको लगातार तीन रिपोर्ट नेगेटिभ
सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमितको लगातार तीन रिपोर्ट नेगेटिभ
सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमितको तेस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार कञ्चनपुरको वेदकोट नगरपालिका- ९ का ४१ वर्षीय पुरुषको मंगलबार गरिएको परीक्षणमा तेस्रो रिपोर्ट नेगेटिभ आएको हो ।
उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । चौथो परीक्षणमा पनि उनको रिपोर्ट नेगेटिभ देखिए उनी डिस्चार्ज हुनेछन् । उनको चौथो रिपोर्ट आज साँझसम्म आउने बताइएको छ ।
यसअघि कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय राज विक र धनगढी उपमहानगरपालिका- ५ का ३४ वर्षीय अमृत शाहीलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ ।
हाल सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा कञ्चनपुरका ४१ वर्षीय पुरुषसँगै धनगढी उपमहानगरपालिका- ५ कि ३४ वर्षीय महिला र लम्कीचुहा नगरपालिका- १ की ५२ वर्षीय महिलाको उपचार भइरहेको छ ।
प्रकाशित समय १५:०० बजे
















