गृहपृष्ठ पछिल्लो २४ घन्टाभित्र १३ सयमा कोरोना परीक्षण, सबैभन्दा बढी संक्रमित प्रदेश १ र २ मा
पछिल्लो २४ घन्टाभित्र १३ सयमा कोरोना परीक्षण, सबैभन्दा बढी संक्रमित प्रदेश १ र २ मा
कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले पछिल्लो २४ घन्टामा १ हजार ३ सय १६ जनाको कोरोना परीक्षण गरेको छ । परीक्षणको क्रममा कुनै पनि नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
अहिलेसम्म नेपालमा संक्रमितको संख्या १ सय १० छ । जसमा ७८ पुरुष र ३२ जना महिला रहेका छन् । प्रदेश नम्बर १ मा ३५, प्रदेश नम्बर २ मा ३१ र बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिएको छ । यस्तै गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३० र सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । अहिलेसम्म ३१ जना उपचारबाट घर फर्किएका छन् भने, ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
हालसम्म पीसीआर १६ हजार ८ सय ९८ जनाको कोरोना परीक्षण भएको छ । आरडीटी विधिबाट ५६ हजार ५ सय ५० जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।
प्रदेश नम्बर १ मा ७ हजार ५५, प्रदेश नम्बर २ मा ५ हजार ८ सय ९०, बागमती प्रदेशमा ९ हजार १ सय ८१ र गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७ जनाको आरडीटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ७ सय ७४, कर्णाली प्रदेशमा ६ हजार ३ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ९ सय १० जनाको आरडीटी परीक्षण भएको छ ।
यसैगरी १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ३८, प्रदेश नम्बर २ मा १ हजार ४ सय ४३, बागमती प्रदेशमा १ सय १० र गण्डकी प्रदेशमा २ सय ४२ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर ५ मा ४ हजार ९ सय ४२, कर्णाली प्रदेशमा २ हजार ३ सय २६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय २४ जना क्वारेन्टाइनमा छन् । काठमाडौंमा ३ र बाहिर १ सय ६१ गरी १ सय ६४ जना आइसोलेसनमा रहेको देवकोटाले जानकारी दिए ।
प्रकाशित समय १८:०० बजे

















