गृहपृष्ठ थप २ जना कोरोना संक्रमित निको भए
थप २ जना कोरोना संक्रमित निको भए
फाइल तस्बिर
प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुगेको छ । आइतबार पनि दुई जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।
भोजपुरका २६ वर्षीय पुरुष र झापा बाह्रदशीका ४० वर्षीय पुरुषले कोरोनालाई जितेर घर फर्किएका हुन् । प्रदेश १ मा ३५ जना कोरोना संक्रमित थिए । यतिबेला कोशी अस्पताल कोभिड- १९ उपचार केन्द्रमा १९ जना उपचाररत रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यसैबीच प्रदेश सरकारले कोरोना परीक्षणको दरसमेत बढाएको छ । यतिबेला प्रदेश १ मा पीसीआर र आरडीटी दुबै विधिबाट परीक्षण भइरहेको छ । पीसीआर तीन ठाउँबाट भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।
पीसीआरबाट हालसम्म २ हजार १ सय ४० जनाको परीक्षण भएको छ । जसमा २ हजार १ सय १ जनाको नेगेटिभ देखिएको छ । त्यस्तै आरडीटीबाट ७ हजार ७ सय ३७ जनाको नमूना परीक्षण भएको छ ।
प्रकाशित समय १८:३८ बजे
















