गृहपृष्ठ क्वारेन्टाइनबाट युवती फरार
क्वारेन्टाइनबाट युवती फरार
बर्दियाको मधुवन नगरपालिका- ८, शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टिनबाट बिहीबार बिहान एक युवती फरार भएकी छन् । उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताए ।
ड्युटीमा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन् । विद्यालयमा ४३ शय्या रहेकामा अहिले त्यहाँ पाँच जना मात्र छन् । तीमध्ये चार पुरुष र एक महिला थिए । निज युवती पाँच दिनअघि मात्र बाँकेबाट आएकी हुन् ।
प्रकाशित समय १४:२५ बजे
















