गृहपृष्ठ प्रादेशिक अस्पतालले बिरामीको भर्ना नलिएको आरोप

प्रादेशिक अस्पतालले बिरामीको भर्ना नलिएको आरोप

फायल तस्बिर

प्रादेशिक अस्पताल धनुषालाई बिरामीको भर्ना नलिएको आरोप लागेको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका ९ की १२ वर्षीया बालिकाको योनीमा समस्या भएपछि प्रादेशिक अस्पतालमा जाँदा भर्ना नै नलिएको गुनासो गरेकी छन् ।

दैनिक मजदुरी गरेर जीवन गुजारा गर्दै आएका पीडित बालिकाका परिवारलाई उपचारका लागि सरकारी अस्पताल जाँदा भर्ना नगरेको बालिकाका बाबुले बताए । उनले भने, ‘दैनिक ज्यालादारी गरे परिवार पाल्दै आएको थिएँ, यो पटक त लकडाउनले गर्दा झनै समस्या भएको छ । पैसा नभएको बेलामा विरामी छोरीको अस्पतालले नै भर्ना लिएन । निजी अस्पतालमा जानलाई पैसा नै छैन ।’

मानवअधिकारकर्मी विनोद महराको पहलमा गणेशमान चारनाथ नगरपालिकाका प्रमुख रामबावु यादवले बैशाख ३१ गते बालिकालाई प्रादेशिक अस्पतालसम्म एम्वुलेन्सको जोहो गर्दै नगद २ हजार रकमसमेत दिएर पठाएको भए पनि अस्पतालले भर्ना लिन नमानेपछि योनीमा घाउ भएकी बालिका घर फर्किन बाध्य भएकी छिन् ।

बैशाख ३१ गते साँझ प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डमा उपचारको लागि आएको बालिकाको सम्वेदनशील ठाउँमा घाउ भएर किरा फालेको भए पनि चिकित्सकहरुले भर्ना नगरी घर फर्किन बाँध्य भएको पीडित बालिकाको बुवाले बताए ।

मानवअधिकारकर्मी विनोद महराका अनुसार अति नै विपन्न परिवारका बालिकाको समयमै उपचार हुन नसके ज्यान जान सक्ने खतरा छ । योनीमा भएको घाउँमा किरा परेको स्थानीयको भनाई छ । उपचारको लागि अस्पतालको इमरजेन्सी वार्डमा समेत जाँदा चिकित्सकहरुले आफ्नो जिम्मेवारी तथा दायित्वबाट पन्छिनु कतिको उचित रहेको प्रश्न गरेका छन् ।

अस्पतालमा बिरामीलाई भर्ना नगरेको भन्दै अस्पतालका प्रमुख डा. नागेन्द्र यादवलाई पटक पटक फोन र म्यासेज गर्दासमेत कुनै रेस्पोन्स नपाएको मानवअधिकारकर्मी विनोद दासको भनाई छ । अस्पतालको अध्यक्ष संजय सिंहसँग चिकित्सकलाई कुरा गराउन खोज्दा चिकित्सकले फोनमा कुरासमेत गर्न नमानेकाले उनले बताए ।

प्रकाशित समय १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु