गृहपृष्ठ गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित १४६ जनाको स्वाब संकलन
गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित १४६ जनाको स्वाब संकलन
फाइल तस्बिर
गण्डकी प्रदेशमा कोरोना परीक्षणका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित ६ जना मन्त्रीको स्वाब नमुना संकलन गरिएको छ । गण्डकी प्रदेशका विभिन्न पदमा रहेका मन्त्रीसहित मन्त्रालयका सचिव, कर्मचारी, पिएओ, सुरक्षाकर्मी गरी १४६ जनाको स्वाब संकलन भएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।
सम्भावित जोखिम न्यूनीकरणका लागि पिसिआर परीक्षण गर्न लागिएको जनाइएको छ । सभामुखसहित अन्य सांसदहरुको स्वाब संकलन बुधबार बैठक आह्वान गरिएको स्थल पोखरा सभागृह हलमा नै गरिने भएको छ ।
प्रकाशित समय १२:०३ बजे

















