गृहपृष्ठ कोरोना संक्रमित १३ जना थपिए, कुल संक्रमित संख्या ४१५ पुग्यो

कोरोना संक्रमित १३ जना थपिए, कुल संक्रमित संख्या ४१५ पुग्यो

रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमित फेला परेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४१५ पुगेको छ ।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देहीमा एक र कपिलवस्तुमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरू रुपन्देहीको बेलहिया नाकाबाट प्रदेश सरकारको समन्वयमा आएर क्वारेन्टिनमा बसेका थिए ।

प्रकाशित समय ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु