गृहपृष्ठ नेपालमा कोरोना संक्रमित संख्या ५०७ पुग्यो

नेपालमा कोरोना संक्रमित संख्या ५०७ पुग्यो

नेपालमा थप २० जना कोरोनाभाइरस (कोभिड १९) संक्रमित फेला परेका छन् । यससँगै नेपालमा संक्रमितको संख्या ५०७ पुगेको छ । बाँकेमा १४, कैलालीमा तीन तथा डडेलधुरा, बैतडी र मोरङमा एक एक जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डडेलधुराको पराशुराम १० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ-१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाँकेमा कोरोना फेला परेकाहरु १८ देखि ६१ वर्ष उमेरका पुरुष छन् । उनीहरुमध्ये १३ जना नरैनापुरका हुन् भने १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् । कैलालीको जानकी गाउँपालिकामा रहेको सरस्वती माविको क्वारेन्टाइनमा बसेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो । मोरङको रतुवामाई २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु