गृहपृष्ठ सुदूरपश्चिममा थप ४ जनालाई कोरोना संक्रमण
सुदूरपश्चिममा थप ४ जनालाई कोरोना संक्रमण
सुदूरपश्चिम प्रदेशमा शनिबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका चारै जना संक्रमितलाई सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या १४ पुगेको छ।
अस्पतालका अनुसार थपिएका संक्रमितहरु बैतडीको शिवनाथ गाउँपालिकाका हुन् । वडा नम्बर १ का २७ र २० वर्षीय तथा वडा नम्बर २ का २२ र ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।
शुक्रबार मात्रै सुदूरपश्चिममा ५ जना संक्रमित भेटिएका थिए । कैलालीको जानकी गाउँपालिकास्थित सरस्वती माविको क्वारेन्टिनमा रहेका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका- १० का २८ वर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो । उनीहरुको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ ।
हालसम्म प्रदेशका ५ जना संक्रमित भने कोरोनामुक्त भइसकेका छन् ।
प्रकाशित समय १६:४३ बजे
















