गृहपृष्ठ कर्णालीमा थपिए १५ जना कोरोना संक्रमित
कर्णालीमा थपिए १५ जना कोरोना संक्रमित
कर्णालीमा बुधबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. डम्बर खड्काका अनुसार पीसीआरबाट गरिएको परीक्षणमा कोरोनाभाइरस पोजेटिभ देखिएको हो ।
उनीहरु केही समयअघि भारतबाट नेपाल भित्रिएका थिए । क्वारेन्टाइनमा बस्दै आएका उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या ३८ पुगेको छ ।
प्रकाशित समय १५:३८ बजे
















