गृहपृष्ठ एकै दिन थपिए ११४ जना कोरोना संक्रमित

एकै दिन थपिए ११४ जना कोरोना संक्रमित

नेपालमा बुधबार थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या ८८६ पुगेको बुधबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार रौतहटमा ३५, बागलुङमा ६, मकवानपुरमा १, झापामा १७, बारामा ८, सप्तरीमा ११, दाङमा १५, सुर्खेतमा १५, बाँकेमा १६, सिरहामा २ र रुकुमपूर्वमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा १८३ जना संक्रमणमुक्त भएर अस्पतालबाट घर फर्किएका छन् । अहिलेसम्म कोरोना भाइरसका कारण ४ जनाको मृत्यु  भएको छ ।

प्रकाशित समय १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु