गृहपृष्ठ नेपालमा एकदिनमै थपिए १७० संक्रमित, कुल संख्या १२ सय नाघ्यो

नेपालमा एकदिनमै थपिए १७० संक्रमित, कुल संख्या १२ सय नाघ्यो

नेपालमा एकैदिन अहिलेसम्मकै बढी १७० जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

मन्त्रालयका अनुसार हालसम्म २०६ जना उपचारपछि घर फर्किएका छन् भने १ हजार जना आइसोलेसनमा छन् ।

प्रकाशित समय १६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु