गृहपृष्ठ गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७ पुग्यो
गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७ पुग्यो
फाइल तस्बिर
गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पोजेटिभ भेटिएको छ । स्याङ्जा र पर्वतमा १० जना कोरोना संक्रमित थपिएका हुन् । स्याङ्जाको चापाकोट नगरपालिका घर भई सोही नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६, ३२ र ४० वर्षका चार जना पुरुषमा कोरोना संक्रमण भेटिएको हो । त्यस्तै बिरुवा गाउँपालिका ठेगाना भई सोही क्वारेन्टाइनमा रहेका २० वर्षीय एक जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यसैगरी पर्वतको फलेबास नगरपालिका घर भएका कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका २० र ४० वर्षीय २ जना पुरुष र महाशिला गाउँपालिका- ४, सिम्लेका ३ जना पुरुष वर्ष १९, २० २१ वर्षलाई कोरोना संक्रमणको पुष्टि भएको छ । पर्वतमा पहिलोचोटि कोरोना संक्रमण भेटिएको हो ।
उनीहरु सबैलाई अहिले जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोदबिन्दु शर्माले जानकारी दिए । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण भएको हो । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।
प्रकाशित समय ०७:५४ बजे

















