गृहपृष्ठ कर्णालीमा थप २९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २ सय ६२ पुग्यो
कर्णालीमा थप २९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २ सय ६२ पुग्यो
कर्णाली प्रदेशमा मंगलबार थप २९ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा सुर्खेतका ११, सल्यानका ९ र अछामका ९ जनामा कोरोना पुष्टि भएको हो । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ६२ पुगेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- १ का १७ वर्षीय दुईजना तथा १८, २१, २३, ३०, ३२, ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । त्यस्तै वीरेन्द्रनगर- ३ का १४, २७ र ३३ वर्षीय पुरुष संक्रमित भएका हुन् ।
सल्यानको दार्मा गाउँपालिका- १ का ३९ वर्षीय पुरुष, दार्मा- २ का ३६ र ४८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । त्यस्तै दार्मा ३ का ३५ र ३९, दार्मा ४ का ३८, ५० र दुईजना ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
अछाममा मंगलसेन नगरपालिकाका २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका- ४ का २२, २४, २७, २९, ३५ र ४० वर्षीय पुरुष तथा २७ र ३० वर्षीय महिलामा समेत कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

प्रकाशित समय १४:४६ बजे
















