गृहपृष्ठ गोरखापत्र संस्थानका महाप्रबन्धकसहित चार जनाविरूद्ध विशेष अदालतमा मुद्दा

गोरखापत्र संस्थानका महाप्रबन्धकसहित चार जनाविरूद्ध विशेष अदालतमा मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्त प्रकाश उपाध्यायसहित चार जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले संस्थानका महाप्रबन्धक उपाध्याय, पूर्वमहाप्रबन्धक सुशील कोइराला, पूर्वअर्थ निर्देशक रामसुन्दर चौधरी र आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रालिका सञ्चालक दीपककुमार भन्सालीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरूबाट २६ लाख १६ हजार १० रुपैयाँ भ्रष्टाचार भएको पाइएपछि मुद्दा दायर गरिएको हो । गोरखापत्र संस्थानले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटका लागि सिफारिस गरी रकम हिनामिना गरेको अख्तियारको आरोप छ ।

प्रकाशित समय १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु