गृहपृष्ठ कर्णालीमा संक्रमितको संख्या ५८७ पुग्यो, एकैदिन थपिए ९८ जना

कर्णालीमा संक्रमितको संख्या ५८७ पुग्यो, एकैदिन थपिए ९८ जना

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ८७ पुगेको छ । शनिबार कर्णाली प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सर्खेतमा गरिएको पीसीआर परीक्षणमा ५४ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख लक्ष्मीनाराण तिवारीका अनुसार सल्यान बनगाड कुपिन्डे नगरपालिकाका ३८, सुर्खेतका वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाका ९, जाजरकोटका ४ र दैलेखका ३ जना गरी ५४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

त्यस्तै जुम्लामा गरिएको परीक्षणमा दैलेख महावु गाउँपालिकाका ४३ र डोल्पाको जगदुल्ला गाउँपालिकाका १ जनामा कोरोना पोजेटिभ देखिएको महाशाखा प्रमुख तिवारीले जानकारी दिए ।

प्रकाशित समय १९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु