गृहपृष्ठ थप ३१४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३ हजार ७६२ पुग्यो

थप ३१४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३ हजार ७६२ पुग्यो

नेपालमा सोमबार ३१४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २९४ जना पुरुष र २० जना महिला छन् ।

सोमबार थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै मृतकको संख्या १४ पुगेको छ । हालसम्म कोरोना संक्रमित ४८८ जना निको भएर घर फर्किएका छन् । सोमबार बाँकेको खजुराका २० जना पुरुष र एक महिला डिस्चार्ज भएका हुन् ।

प्रकाशित समय १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु