गृहपृष्ठ जागिरबाट निकालिएपछि शरीरमा आगो लगाएर घाइते भएका व्यक्तिको मृत्यु
जागिरबाट निकालिएपछि शरीरमा आगो लगाएर घाइते भएका व्यक्तिको मृत्यु
बयलपाटा अस्पतालको जागिरबाट निकालिएपछि आफ्नै शरीरमा पेट्रोल छर्केर सख्त घाइते भएका अछामको साँफेबगर नगरपालिका ६ भागेश्वरका सिद्धार्थ आउजीको उपचारका क्रममा मृत्य भएको छ । बयलपाटा अस्पतालमा सरसफाइमा कार्यरत आउजीको उपचारका क्रममा केही वेरअघि कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भट्टले जानकारी दिए ।
दुई वर्षदेखि बयलपाटा अस्पतालको सरसफाइ कार्यमा कार्यरत आउजीले जागिरबाट निकालिएपछि बिहान बेलुकाको छाक टार्नसमेत धौ‑धौ भएको भन्दै पेट्रोल छर्केका थिए । आर्थिक संकट परेको भन्दै उनी लगायत ३३ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो । दुई महिनाअघि नै अस्पतालले हटाएको चिठी दिएपछि आउजी तनावमा रहेको बुझिएको छ ।
प्रकाशित समय १६:५० बजे

















