गृहपृष्ठ नेपालमा कोरोना संक्रमित संख्या ३ हजार ७६२ पुग्यो, कुन जिल्लामा कति थपिए ?
नेपालमा कोरोना संक्रमित संख्या ३ हजार ७६२ पुग्यो, कुन जिल्लामा कति थपिए ?
नेपालमा सोमबारसम्ममा कोरोनाभाइरस (कोभिड १९) संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ । संक्रमितमध्ये पुरुष ३ हजार ५०६ र महिला २५६ छन् । सोमबार थप ३१४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म कोभिड १९ बाट १४ जनाले ज्यान गुमाएका छन् । सोमबार थप एक जनाको मृत्यु भएको हो । संक्रमितमध्ये हालसम्म ४८८ जना डिस्चार्ज भइसकेका छन् । देशका सातै प्रदेशमा गरी १ लाख ६६ हजार ६६८ क्वारेन्टिनमा छन् भने ३ हजार २६० आइसोलेसनमा छन् ।
थपिएका संक्रमितहरुमा सर्लाहीका १०६, अर्घाखाँचीका ३१, कपिलवस्तुका २४, बर्दियाका १८, सप्तरीका ६, महोत्तरीका १२, रौतहटका ११, दैलेखका १०, मोरङका ९, झापाका ९, प्यूठानका ८, पर्साका ८, बाराका ७, सल्यानका ५, रुपन्देहीका ५, दाङका ४, नवलपरासीका २, सुनसरीका १, बाँकेका १, सुर्खेतका १, कास्कीका १, स्याङ्जाका १, पाल्पाका १, पाँचथरका १ र गुल्मीका १ जना छन् ।
विश्वमा कोरोना
विश्वभर कोरोना संक्रमितको संख्या ७१ लाख नाघेको छ । सोमबार साँझसम्ममा संक्रमितको संख्या ७१ लाख १४ हजार ६६८ पुगेको हो । त्यस्तै साँझसम्ममा ४ लाख ६ हजार ५५५ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोनालाई जितेर विश्वभर ३४ लाख ७३ हजार ७३७ मानिस घर फर्किएका छन् । न्युजिल्यान्डलगायतका केही देश कोरोनामुक्त भइसकेका छन् ।
सबैभन्दा बढी अमेरिकामा २० लाख ७ हजार कोरोना संक्रमित छन् । अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ लाख १२ हजार ४७४ पुगेको छ । केही दिनयता अमेरिकामा संक्रमण वृद्धिदर र मृत्युदर दुवै घट्दो क्रममा छ ।
दोस्रोमा विश्वमै संक्रमित बढी भएको देश ब्राजिल हो । ब्राजिलमा ६ लाख ९१ हजार संक्रमित छन्, जहाँ ३७ हजार ३१२ ले ज्यान गुमाइसकेका छन् । त्यस्तै रुसमा ४ लाख ७६ हजार संक्रमित छन् भने ५ हजार ९७१ मृत्यु भइसकेको छ । स्पेनमा २ लाख ८८ हजार संक्रमित रहेकोमा २७ हजार १३६ जनाले ज्यान गुमाए । बेलायतमा २८६ हजार संक्रमित भए भने ४० हजार ५४२ जनाको मृत्यु भइसकेको छ ।
संक्रमणको छैटौँ स्थानमा भारत उक्लिसकेको छ । भारतमा केही दिनयता तीव्र गतिमा संक्रमण र मृत्युदर बढीरहेको छ । भारतमा हालसम्म २ लाख ५८ हजार ९० संक्रमित भेटिएका छन् भने ७ हजार २०७ जनाको ज्यान गइसकेको छ ।
प्रकाशित समय १७:५२ बजे

















