गृहपृष्ठ थप २५० जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ४६१४ पुग्यो
थप २५० जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ४६१४ पुग्यो
स्वास्थ्य मन्त्रालयले बिहीबार थप २५० जना नयाँ कोरोना संक्रमित भेटिएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितमा पुरुष २३० पुरुष र महिला २० जना रहेका छन् ।
योसँगै नेपालमा संक्रमितको संख्या ४६१४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८६१ जना पुगेको पनि प्रवक्ता गौतमले जानकारी दिए । बितेको २४ घण्टामा १८७ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा ८ महिला र १७९ पुरुष रहेका छन् ।
नेपालमा हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको छ।
प्रकाशित समय १७:१९ बजे

















