गृहपृष्ठ १ तोला सुनको मूल्य ९० हजारनजिक

१ तोला सुनको मूल्य ९० हजारनजिक

स्थानीय बजारमा सुनको मूल्यमा अनपेक्षित रुपमा वृद्धि भएको छ । बिहीबार बजार खुल्दा प्रतितोला सुनको मूल्य  ८९ हजार ६ सय रूपैयाँ कायम भई हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा एक हजारले बढेका छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार १६५ मा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला ९५० रूपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको सुनचाँदी व्यवसायीले बताएका छन् । गत आइतबारदेखि सुनको मूल्यमा निरन्तर बढोत्तरी भइरहेको छ । उक्त दिन प्रतितोला सुन ८७ हजार ४०० मा खरिदविक्री भएको थियो ।

प्रकाशित समय १६:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु