गृहपृष्ठ कर्णालीमा थप ५५ जनामा कोरोना पुष्टि

कर्णालीमा थप ५५ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा सुर्खेत र दैलेखका क्वारेन्टिनमा बसेकाहरुलाई संक्रमण भेटिएको हो ।

जसमा १ जना काठमाडौंका व्यक्तिसमेत रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । दैलेखको डुंगेश्वर गाउँपालिका, बडाभैरव, खोर, रुम लगायतका क्षेत्रका ४८ जना, सुर्खेतको चिङगाड गाउँपालिकाका ६ जना र बुढानिलकण्ठ नगरपालिका- २, काठमाडौंका १ जना पुरुषमा समेत कोरोना पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६ सय ६३ पुगेको छ ।

प्रकाशित समय १८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु