गृहपृष्ठ कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो, ११६७ संक्रमणमुक्त

कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो, ११६७ संक्रमणमुक्त

क्वारेन्टिनमा १ लाख २५ हजार ७ सय ९८ जना

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । बुधबार थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका  अनुसार पछिल्लोपटक बाँके बैजनाथ- ६ की ४६ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

मिगौलासम्बन्धी समस्याका कारण जेट ३० गते नेपालगञ्ज मेडकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको असार १ गते साँझ मृत्यु भएको थियो । उनको असार १ गते स्वाब संकलन गरिएको थियो । २ गते मात्रै आएको रिपोर्टअनुसार उनमा संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना भाइरस संक्रमणमुक्त भएर बुधबार थप ९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेका १ हजार १ सय ६७ पुगेको छ । तीमध्ये १ सय १२ जना महिला र १ हजार ५५ जना पुरुष छन् ।

१ लाख ४९ हजार ७ सय ७२ पीसीआर 

पीसीआर विधिबाट १ लाख ४९ हजार ७ सय ७२ र पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट २ लाख ३३ हजार ५ सय ४३ र पछिल्लो २४ घण्टामा १० हजार २४ परीक्षण भएको छ ।

क्वारेन्टिनमा १ लाख २५ हजार ७ सय ९८ जना

अहिले देशभरीका क्वारेन्टिनमा १ लाख २५ हजार ७ सय ९८ जना रहेका छन् । ५ हजार ९ सय ९० जना विभिन्न अस्पतालका आइसोलेनमा उपचाररत रहेका छन् । बुधबारसम्म १ हजार १ सय ६७ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

नेपालमा बुधबार अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमितहरु थपिएका छन् । मन्त्रालयका अनुसार आज ५ सय ८६ जना नयाँ संक्रमित थपिएका हुन् । अब नेपालमा कुल संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।

प्रकाशित समय १९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु