गृहपृष्ठ कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ४५
कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ४५
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ४५ पुगेको छ । शनिबार थप ४६ जनामा कोरोना पोजेटिभ देखिएपछि संक्रमितको संख्या बढेको हो ।
शनिबार दैलेखका १९, सल्यानका २६ र जाजरकोटका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कर्णाली प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला र राप्ती विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।
हालसम्म कर्णालीमा ५ सय १७ जनाले कोरोना जितेर घर फर्किएका छन् । चारजनाको मृत्यु भएको छ । कोरोनाको कारण ज्यान गुमाउनेहरुको भने मृत्युपछि मात्र पोजेटिभ पुष्टिको रिपोर्ट आएको हो ।
प्रकाशित समय १८:४९ बजे
















