गृहपृष्ठ ४२१ जना संक्रमित थपिए, १९४ जना कोरोनामुक्त
४२१ जना संक्रमित थपिए, १९४ जना कोरोनामुक्त
नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण भेटिएको छ । जसमध्ये ६४ महिला ३५७ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यससँगै नेपालमा कुल संक्रमित संख्या ९ हजार २६ पुगेको छ । संक्रमितमध्ये ८२० महिला र ८ हजार २०६ जना पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा ८ महिला र १८६ पुरूष गरी १९४ जना कोरोनामुक्त भएका छन् । हालसम्म निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जानकारी दिएको छ । योसहित कोरोनाबाट निको हुनेको संख्या १ हजार ७७२ जना पुगेको छ । जसमा १४९ महिला र १ हजार ६२३ पुरुष रहेका छन् ।
देशभरका क्वारेन्टिनमा ९४ हजार ९ सय २८ जना रहेको मन्त्रालयले जनाएको छ । आइसोलेसनमा ७ हजार २ सय ३१ जनालाई राखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।
प्रकाशित समय १६:३१ बजे

















