गृहपृष्ठ सुदूरपश्चिममा संक्रमितको संख्या १ हजार नाघ्यो, १३४ जना निको भएर घर फर्किए

सुदूरपश्चिममा संक्रमितको संख्या १ हजार नाघ्यो, १३४ जना निको भएर घर फर्किए

सुदूरपश्चिममा आइतबार ७६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा भएको परीक्षणमा ४३ र काठमाडौँमा भएको परीक्षणमा ३३ गरी ७६ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौंमा भएको परीक्षणमा डोटीका दुई महिला, १४ पुरुष गरी १६ जना, कैलालीका तीन पुरुष, डडेल्धुरामा तीन महिला र ११ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो । यता धनगढीस्थित पशु अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

आज थपिएकामध्ये सबैभन्दा बढी कैलालीका २९ जना रहेको श्रेष्ठले जानकारी दिए । यस्तै डोटीका पाँच, कञ्चनपुरका तीन, बाजुरा, डडेल्धुरा र बैतडीका दुई/दुई जना रहेका छन् । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार २४ पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका दुई सय ६१, डडेल्धुरामा एक सय ८६, बैतडीमा एक सय ४२, डोटीमा एक सय ५४, कञ्चनपुरमा एक सय, अछामका ७६, बाजुराका ७२, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ३४ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित समय २०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु