गृहपृष्ठ ५३५ जना संक्रमित थपिए, रसुवाबाहेक सबै जिल्लामा पुग्यो संक्रमण

५३५ जना संक्रमित थपिए, रसुवाबाहेक सबै जिल्लामा पुग्यो संक्रमण

अहिलेसम्म २१४२ जना कोरोनामुक्त भएर डिस्चार्ज

पछिल्लो २४ घण्टाभित्र नेपालमा थप ५ सय ३५ जनामा कोरोना संक्रमण भेटिएको छ । थपिएका संक्रमितमध्ये ४ सय ६१ जना पुरुष र ७४ जना महिला छन् । योसँगै संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी  दिए । जसमा ८ सय ९४ महिला र ८ हजार ६ सय ६७ जना पुरुष रहेका छन् ।

नेपालमा कोरोनाभाइरस संक्रमित फेला परेका जिल्लाहरुको संख्या ७६ पुगेको छ । बागमती प्रदेशको रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको डा. गौतमले जानकारी दिए । आइतबार ओखलढुंगामा संक्रमण देखिएको हो । त्यसअघि मुस्ताङ र मनाङमा संक्रमित भेटिएका थिए ।

यसैगरी गत २४ घण्टामा ३ सय ७० जना संक्रमणमुक्त भएका छन् । यसमध्ये ३२ महिला र ३३८ पुरूष रहेका छन् । हालसम्म काेराेना संक्रमणबाट निको भइ अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ४२ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल आइसोलेसनमा ७ हजार ७ सय ८९ र क्वारेन्टिनमा ९० हजार ७ सय ३० जना रहेका छन् ।

प्रकाशित समय १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु