गृहपृष्ठ बूढानीलकण्ठ विद्यालयले लकडाउन अवधिको शुल्क नलिने
बूढानीलकण्ठ विद्यालयले लकडाउन अवधिको शुल्क नलिने
बुढानीलकण्ठ विद्यालयले विद्यालय सञ्चालन नभएको अवस्थाको शुल्क नलिने भएको छ । विद्यालयका प्रिन्सिपल होमनाथ आचार्यले बन्दाबन्दी (लकडाउन) का बीच मासिक शुल्क बुझाइसकेको भए पनि पछि शुल्कमा मिलान गरिने बताउए ।
उनले विद्यार्थीको मासिक शुल्क पेश्की स्वरुप बुझाउनका लागि पठाइएको बिल अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएकोसमेत जानकारी दिए । विद्यालयले लकडाउन समयमा चैतदेखि असारसम्मको मासिक शुल्क भन्दै अभिभावकलाई बिल पठाएको थियो ।
प्रकाशित समय १४:३२ बजे

















