गृहपृष्ठ इसेवा मनि ट्रान्सफर र रेमिटली यूएसएबीच डिजिटल रेमिट्यान्स सम्झौता

इसेवा मनि ट्रान्सफर र रेमिटली यूएसएबीच डिजिटल रेमिट्यान्स सम्झौता

डिजिटल रेमिटेन्समा ख्याति प्राप्त मनि ट्रान्सफर रेमिटली र  इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता भएको छ । सम्झौतासँगै अमेरिका तथा बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपेली देशमा रहेका नेपालीले इसेवा मनि ट्रान्सफरमा नगद पैसा पठाउन सक्ने भएका छन् । साथै रेमिटलीबाट सिधै इसेवा वालेट पठाउन र लोड गर्न तथा कुनै पनि बैंक खातामा रकम जम्मा सकिनेछ ।

इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स सेवामार्फत नेपालमा रेमिट्यान्स कारोबार गर्दै आएको छ । अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै इसेवाले डिजिटल माध्यमबाट सुरक्षित, समयको बचत, आर्थिक फाइदा हुने किसिमले रेमिट्यान्स पठाउन सकिने सेवा दिइरहेको छ ।

इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै  नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्ने मुख्य उद्देश्य रहेको बताए ।

प्रकाशित समय १३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु