गृहपृष्ठ थप १४४ जनामा कोरोना संक्रमण पुष्टि
थप १४४ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार नेपालमा कोरोना भाइरसका १४४ जना संक्रमित थपिएका छन् । आज काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या १६ हजार ९ सय ४५ पुगेको छ । डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ रहेको छ ।
प्रकाशित समय १६:२९ बजे

















