गृहपृष्ठ ‘कि चैतदेखिका पैसा तिर, कि बच्चा अन्यत्र लैजाऊ’

‘कि चैतदेखिका पैसा तिर, कि बच्चा अन्यत्र लैजाऊ’

BVS_NewsKarobar

सरकारले निजी विद्यालयहरूलाई लकडाउन अवधिका शैक्षिक शुल्क लिन अनुमति दिएसँगै त्यस्ता विद्यालय सञ्चालकहरूलाई कि चैतदेखिको शुल्क तिर, नभए आफ्ना बालबालिकालाई झिकेर लैजाऊ भनेर पत्राचार गर्न थालेका छन् ।

राजधानीको बृहस्पति विद्यासदनले यसैगरी शैक्षिक शुल्क र विकास शुल्क नतिरे आफ्ना बालबालिकालाई झिकेर अन्यत्र लैजाऊ भनेर धम्कीयुक्त पत्र पठाएको छ । स्कुलका प्रिन्सिपल कुमार थापाले अभिभावकहरूलाई पठाएको पत्रमा चैतदेखिकै निर्धारित ‘ट्युसन फि’ र ‘विद्यार्थी विकास शुल्क’ तिर्न भनिएको छ ।

‘सकेसम्म तोकिएको रकम पूरै तिर्नुस्, नसके जति सक्नु हुन्छ, त्यति तिर्नुस्, यदि तपाईं आर्थिक संकटमा हुनुहुन्छ भने व्यक्तिगत रुपमा मलाई भन्नुस्….नभए तपाईं  फरक विकल्प सोच्न सक्नु हुन्छ,’ पत्रमा भनिएको छ ।

प्रिन्सिपल थापाले विगत केही वर्षयता आफूले स्कुलमा सक्षम नेतृत्व देखाएको र यसका लागि शुल्कमात्र महत्वपूर्ण नहुनेसम्म उल्लेख गर्दै स्कुलले गरेको निर्णयमाथि विश्वास लाग्दैन भने आफ्ना बालबालिकाका लागि विकल्प सोच्नुहोस्, लेखेका छन् ।

प्रकाशित समय १२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु