गृहपृष्ठ चौबिस घण्टामा पाँच जनामा संक्रमण
चौबिस घण्टामा पाँच जनामा संक्रमण
कर्णाली प्रदेशमा चौबिस घण्टामा पाँच जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण देखापरेको छ । सुर्खेत र कालिकोटमा गरिएको स्वाब संकलनको पिसिआर परीक्षणमा पाँच जनामा संक्रमण देखा परेको हो ।
सुर्खेतको वीरेन्द्रनगरमा गरिएको स्वाब संकलनमा रामेछापका एक जना ३० वर्षीय पुरुष र कालिकोटको रास्कोट नगरपालिकामा गरिएको स्वाब संकलनमा खाँडाचक्र नगरपालिकाका २२ वर्षीय तीन जना र सान्नी त्रिवेणी नगरपालिकाका ३० वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । यससँगै हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमित संख्या एक हजार ९६५ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।
त्यस्तै चौबिस घण्टामा प्रदेशभरका विभिन्न आइसोलेसनबाट ५५ जना संक्रमणमुक्त भएको महाशाखाको तथ्यांकमा उल्लेख छ । हालसम्म कर्णाली प्रदेशमा कोरोनामुक्त हुनेहरुको संख्या एक हजार ८६३ पुगेको छ । महाशाखाका अनुसार प्रदेशभर कोभिड १९ का ९६ जना मात्रै बिरामी छन् ।
प्रकाशित समय १९:२९ बजे
















