गृहपृष्ठ ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले तोडे अनसन

‘इनफ इज इनफ’ अभियानका अभियन्ताले तोडे अनसन

सरकाले कोरोनाभाइरस नियन्त्रण तथा रोकथाममा लापर्बाही गरेको भन्दै अनसनरत ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले अनसन तोडेका छन् । सरकारले कोरोना परीक्षणको दायरा बढाएको र कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्षसहित उनहरूले अनसन तोडेका हुन् ।

मन्त्रालयसँग स्वास्थ्यकर्मी कसैलाई पिपिई अभाव भयो भने तत्काल उपलब्ध गराउने, कोरोना नियन्त्रणमा भएको खर्च यथाशीघ्र सार्वजनिक गर्नेलगायतका १२ बुँदामा सहमति जनाउँदै ईः ले २३ दिनमा अनसन तोडेका छन् । ईः लाई स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले पानी पिलाएर अनसन तोडाए ।

अनसन तोडिएपछि ‘इनफ इज इनफ’ले जारी गरेको प्रेस विज्ञप्तिमा युवाहरुको स्वस्फूर्त अभियानको उपलब्धिस्वरुप पिसिआर परीक्षणको संख्या र दायरा वृद्धि भएको, कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले तयार गरेको निर्देशिका तथा कार्यविधिहरुको कार्यान्वयन, प्रचारप्रसार गर्ने गराउने काममा सकारात्मक पहल भएकोलगायत उल्लेख छ ।

प्रकाशित समय ११:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु