गृहपृष्ठ कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, थप ३३८ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, थप ३३८ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ४४ जना थपिए

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३ हजार नाघेको छ । पछिल्लो २४ घन्टाभित्र ८ हजार ४३२ जनाको परीक्षण गर्दा  ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ४४ जना रहेका छन् । जसमा काठमाडौंका ३६ तथा ललितपुर र भक्तपुरका ४/४ जना छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएकासहित देशभर संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १४० जना संक्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १६ हजार ४९३ जना पुगेको छ । अब सक्रिय संक्रमितको संख्या ६ हजार ७३८ रहेको छ ।

अहिलेसम्म नेपालका काेराेना संक्रमणबाट  ७९ जनाको ज्यान गएको छ ।

प्रकाशित समय १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु