गृहपृष्ठ पाँच दिनदेखि उपचाररत बिरामीमा कोरोना देखिएपछि ‘उपचार बन्द’

पाँच दिनदेखि उपचाररत बिरामीमा कोरोना देखिएपछि ‘उपचार बन्द’

जानकी मेडिकल कलेज शिक्षण अस्पताल (सिटी अस्पताल) पाँच दिनदेखि उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि उपचार रोकेको आरोप पीडितले लगाएका छन् । अस्पतालको आइसियुमा भर्ना भई उपचाररत मिथिला नगरपालिका ८ बस्ने ६० वर्षीय एक बिरामीको कोरोना पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उपचार रोकेको उनीहरूको आरोप छ ।

उच्च रक्तचापको समस्या देखिएपछि एम्बुलेसमा राखेर काठमाडौँ लैजाँदै गर्दा मुर्छा परेका बिरामीलाई बर्दिबासस्थित सिटी केयर हस्पिटलमा प्राथमिक उपचार गरी चिकित्ककको सल्लाहमा जनकपुरस्थित जानकी मेडिकल कलेजको आइसियुमा उपचारका लागि भर्ना गरिएको थियो । उपचाररत बिरामीलाई कोरोना पिसिआर टेस्ट गर्दा रिपोर्ट पोजेटिभ आएपछि जानकी मेडिकल कलेजले बिरामीको उपचार गर्न नमानेको बिरामीको परिवारजनले जनाएको छ ।

पीडितका छोराका अनुसार ‘बुवाको अवस्थामा सुधार आइसकेको थियो तर कोरोना पोजेटिभ रिपोर्ट आएदेखि डाक्टरले न उपचार गर्न मानेको छ न त बुवालाई भेट्न जान दिएको छ । बुवाको कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गराइदिन धनुषाका सिडियोलगायतका सम्बन्धित निकायलाई आग्रह गर्दा पनि सुनवाइ नभएको उनले बताए ।

जानकी मेडिकल कलेज अस्पताल प्रशासन प्रमुख सुनिल यादवले भने बिरामीको उपचार नरोकिएको तर्क गरे । ‘हामीले बिरामीलाई कोभिड अस्पताल लैजान आग्रहमात्रै गरेका हौँ,’ उनले भने ।

प्रकाशित समय ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु