गृहपृष्ठ महावीर पुनको आविष्कार केन्द्रलाई ज्योति विकास बैंकको ८ लाख सहयोग
महावीर पुनको आविष्कार केन्द्रलाई ज्योति विकास बैंकको ८ लाख सहयोग
ज्योति विकास बैंकले डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ८ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हाम्रो विकास प्रवर्धन कोषबाट सो सहयोग गर्ने भएको छ ।
सोसम्बन्धी सम्झौतापत्रमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. पुनले हस्ताक्षर गरेका छन् । बैंकले १२औं वार्षिकोत्सवको अवसर पारेर केन्द्रलाई सहयोग गरेको जनाएको छ । आविस्कार केन्द्रलाई ‘न्यानो नानी बेबी वार्मर’सम्बन्धी परियोजनामा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको बैंकले जनाएको छ । सो रकमबाट केन्द्रले १० वटा बेवी वार्मर बनाउनेछ ।
देशभर ज्योति विकास बैंकका १०५ शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर र ६१ वटा एटिएम छन् ।
प्रकाशित समय ११:२२ बजे

















